ललितपुर महानगरले मेलम्चीको विकल्प खोज्ने
ललितपुर । ललितपुर महानगरपालिकाले मेलम्ची खानेपानीको विकल्प खोज्ने भएको छ । ललितपुर महानगरपालिकाले
बुधवार
सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको छ ।
महानगरले मेलम्चीको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने योजना नीति तथा कार्यक्रममार्फत अघि सारेको हो ।
'खानेपानीको एउटै स्रोतमा निर्भर रह्यो भने जलवायु परिवर्तनको कारण पानीको मुहान सुक्यो भने पानी खान नपाउने अवस्था आउन सक्छ', मेयर चिरीबाबु महर्जनले भने, 'मेलम्चीको विकल्प पनि खोज्नुपर्छ । त्यसको लागि मकवानपुरको सिस्नेरी खोलाबाट दिनको १३ हजार लिटर पानी ल्याउने नसक्ने अध्ययनले देखाएको छ । सिस्नेरी खोलाको पानी ल्याउनको निम्ति भइरहेको काम राम्रो छ ।'