अमेरिकामा घिमिरे र भारतमा रेग्मीसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौँ । सरकारले अमेरिका, भारत र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । जसअनुसार पूर्व सचिव चन्द्र घिमिरे अमेरिकाका लागि राजदूत सिफारिस भएका छन् भने भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

यस्तै बेलायतका लागि डा. विजन पन्त सिफारिस भएका छन् भने अस्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतनिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

यसैगरी दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।