बलात्कारीबाट जोखिन 'रापेक्स' !

एजेन्सी । दक्षिण अफ्रिकाका चिकित्सा प्राविधिज्ञले महिलालाई बलात्कारीबाट जोगाउन सन् २००५ मा ‘रापेक्स’
आविष्कार गरेका थिए ।महिला कण्डमसरहको ‘रापेक्स’ मा तिखा दाँत हुन्छन् ।
मुसा समात्ने फलामे पासो जसरी काम गर्ने ‘रापेक्स’ लाई महिलाले कण्डमसरह प्रयोग गर्नुपर्छ । महिलालाई बलात्कार गर्न खोज्ने व्यक्ति ‘रापेक्स’ का दाँतले नराम्रोसँग घाइते हुने र पासो ‘रापेक्स’मा फसेको लिङ्ग निकाल्न ती व्यक्तिले अस्पताल नै पुग्नुपर्ने हुन्छ ।
आविष्कारक सोनेटी इहलरले ‘रापेक्स’ बनाएकी थिइन् । दक्षिण अफ्रिकामा बलात्कारको घटना धेरै हुन थालेपछि उनले यो उपकरण बनाएकी हुन् । महिलाले आफूलाई सुरक्षित राख्न ‘रापेक्स’ लगाइराख्नु पर्छ । अपराधीले बलात्कारको प्रयास गर्दा ‘रापेक्स’ का तिखा दाँतले लिङ्गलाई च्याप्प समात्छन् । यसले अपराधीलाई असह्य पीडा हुने र अनुसन्धानमा सहयोग पुग्ने गरी ‘रापेक्स’ का दाँतमा डिएनए नमुना सुरक्षित हुन्छन् ।