केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली काँग्रेसका बिचमा समझदारी भएको उल्लेख गरेका छन् ।
यस्तै, उनले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि बताएका छन् ।

हेर्नूहोस् नेता पोखरेलको प्रतिक्रियाः