सत्ता गठबन्धन परिवर्तन भएलगत्तै सानेपामा देउवा-प्रचण्ड (फोटोफिचर)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस मुख्यालय सानेपामा पुगेका छन् ।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।
काँग्रेस र एमालेबिच सहमति भएपछि काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिएका हुन् । हिजो मध्य राती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
पूर्व सभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा काँग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ । कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन् ।
२०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए ।
उनको निधन २०६६ साल चैत ७ गते भएको थियो ।
फोटो फिचरः





