काँग्रेस-एमाले गठबन्धन बनेपछि सानेपामा केपी ओली (फोटो फिचर)

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजना गरेको फोटो प्रदर्शनी हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन् ।

सानेपामा काँग्रेसले कोइरालाको जन्म दिवसका अवसरमा मंगलबार ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा जन्म शताब्दी मनाइरहेको छ । जहाँ कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् भने केही प्यानल डिस्कसनहरू भइरहेका छन् ।

तस्बिर प्रदर्शनीबाहेक काँग्रेसले तीन वटा बहस कार्यक्रम पनि राखेको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’, ‘समुन्नतिको दोस्रो जग’ जस्ता शीर्षकमा बहस भइरहेका छन् ।

तस्बिरहरू:  एमाले अध्यक्ष ओलीको सचिवालयबाट