नेताहरूको कार्य विभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार कार्य विभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्य विभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।