एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनियाँ सहित पाँच जनाको मृत्यु

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको छ । घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

आज दिउँसो १ः५४ मिनेटमा काठमाडौँबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्कविहीन भएको थियो । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको  नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले बताए । 

पाइलट अरुण मल्लले उडाएको हेलिकप्टरमा अरू चार जना चिनियाँ नागरिक थिए ।

दुई साताअघि काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको एउटा यात्रुवाहक विमान उडेको केही सेकेन्डभित्रै दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा विमानचालक मात्र जोगिएका थिए ।

हेर्नुहोस् नामावली:

१. अरुण मल्ल (क्याप्टेन)

२. जुदाड टाङ (पुरुष)

३. जी लि (पुरुष)

४. यियाद वु (महिला)

५.  जेमिङ सी (पुरुष)