हिमताल फुट्नबाट यसरी जोगाउन सकिन्छ: नेता गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले समयमा नै ध्यान दिन सके हिमताललाई जोगाउन सकिने बताए । उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्न सकिने बताए ।
उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए । 'हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्न सक्ने व्यक्तिहरूले नेतृत्व गर्नुपर्छ । सोलुमा हिमताल फुट्यो, नोक्सान भयो । श्रद्धाञ्जली दिनेभन्दा केही गर्न सकिएन । मैले ६ वटा ताल तुरुन्तै फुट्ने वाला छ । आतंकित बनाएको छ त्यहाँ', उनले भने, 'तर त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खालि समयमा मसँग भेट गरौँला । नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ । सडक दुर्घटना बढेको बढ्यो । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ । निर्माणको कारणले होइन ।'
उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभई प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताए ।