आईएमई लाइफको कामु सीईओ बने अमात्य

काठमाडौँ । आईएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त भएका छन् । 

गत आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उप कार्यकारी प्रमुख अमात्यलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् । 

कम्पनीका सीईओ कवि फुयाँल बाहिरिएसँगै सीईओ पद रिक्त भएको छ ।