शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा सञ्चारकर्मीसँग सुझाव ग्रहण
काठमाडौँ । शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा विद्यमान समस्यासँग शिक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिए ।
मन्त्री भट्टराईले प्राप्त उपयुक्त र सम्भावना हुने सुझावलाई लिपिबद्ध गरी मन्त्रालयको कार्य योजनामा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चार कर्मीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सुझाव प्रदान गरेको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।