सिजपद्वारा प्रधानमन्त्री ओलीलाई २४ बुँदामा ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको विभिन्न मुद्दाहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

बालबालिकाको क्षेत्रमा क्रियाशील साझा अभियान सिजपले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विभिन्न २४ बुँदामा ध्यानाकर्षण गराएको हो । सिजपका अध्यक्ष मिना शर्मा लगायतको टोलीले प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाउँदै बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो । 

सडक बालबालिका मुक्त नेपाल बनाउने अभियानको प्रभावकारी कार्यान्वयन,सर्वोच्च अदालतको फैसला बमोजिम बाल अदालत गठनका साथै बालबालिकाका निम्ति निश्चित प्रतिशत बजेटको सुनिश्चितता, बाल बजेट सङ्केत (कोड)को व्यवस्था गर्न, बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी हाल प्रदान गरिरहेको रकमलाई वृद्धि गरी कम्तीमा एक हजार पुर्‍याउन लगायतको कामहरू गर्न सम्बन्धित निकायलाई निर्देशन दिन ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यसैगरी बाल सुधार गृहमा देखिएका समस्याको तत्काल सम्बोधन गर्दै बाल सुधार गृहको क्षमता अनुसार बालबालिकालाई राखिनु पर्ने र गृहमा देखिएका समस्या उनीहरूको शिक्षा, स्वास्थ्य, मनोविमर्श, संरक्षणको सुनिश्चितता गर्दै बाल सुधार गृहमा १८ वर्षभन्दा कम उमेरकालाई मात्र राख्ने कुरा ग्यारेन्टी गरिनु पर्ने समेत ध्यानाकर्षण पत्रमा गरिएको छ ।

हेर्नुहोस् विस्तृतमा: