साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभको नेतृत्व हस्तान्तरण, अध्यक्षमा महाप्रसाद
काठमाडौँ । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सारफी) को नेतृत्व नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैङ्कका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन भएका छन् ।
मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाइनान्सियल इनक्लुजन (एएफआई) – ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत आज आयोजित पाँचौँ सारफी लिडर्स राउन्ड टेबलका क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको हो ।
सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैङ्क अफ पाकिस्तानलाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैङ्कका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।