सहकारी समस्या छानबिन समितिले गर्‍यो वकिलसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको ५२ औँ बैठक सुरु भएको छ । 
समितिको सिंहदरबारमा जारी बैठकमा वकिलहरूसँग राय सुझाव माग्ने काम भइरहेको छ । बैठकमा अधिवक्ताहरू गान्धी पण्डित, स्वागत नेपाललगायतका वकिलहरू समितिको बैठकमा सहभागी छन् ।  
यसअघि समितिले विभिन्न सहकारीको रकम हिनामिना र ठगीको आरोप लागेका व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । सरोकारवालाहरूसँगको सोधपुछ र राय सुझावपछि समितिले प्रतिवेदन लेख्ने जनाएको छ । 
यही भदौ २२ गते सकिन लागेको समितिको म्याद १५ दिन थपिएको छ ।