उपसभामुख राना मगर रुसी महासंघ प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा राना रुसी महासंघ प्रस्थान गरेकी छन् । यही असोज २ देखि ४ गतेसम्म रुसको सेन्टपिटर्सवर्गमा हुने 'चौथो युरेसियन महिला फोरम'मा सहभागी हुने सिलसिलामा सोमबार संयुक्त अरब इमिरे्सको दुबईतर्फ प्रस्थान गरेका हुन् ।
त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्ने कार्यक्रम छ । 
रुसी महासंघ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । 
उनी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।