जुम्लामा पनि भेटिए डेङ्गुका बिरामी
सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिला पटक डेङ्गुका बिरामी देखिएका छन् । अत्यधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो ।
सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँका एघार वर्षका बालकलाई डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बालकको स्वाब भेरिफाइ गर्न तीन पटक ल्याबमा परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो ।
चिकित्सकले बालकमा भएको डेङ्गु स्थानीय डेङ्गु भएको बताए । डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि नभएको उनका अभिभावकले बताएका छन् ।
ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म हुम्ला जिल्ला डेङ्गुबाट सुरक्षित रहँदै आएको थियो ।
२०७८ सालमा जिल्ला बाहिरबाट गएका एक जना मानिसलाई डेङ्गु देखिएको थियो । उनले जिल्लामा डेङ्गुका बिरामी देखिएको कारण सबैलाई सुरक्षित रहन आग्रह गरे ।