डडेलधुरामा भएको बस दुर्घटनामा पाँचको मृत्यु
डडेलधुरा । डडेलधुरामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।
बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।
उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो ।