पहाडी भागका केही ठाउँमा वर्षा हुने सम्भावना

काठमाडौँ । आज पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।