आइतबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठक आइतबार बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक  पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।