बंगलादेशसँग हारेपछि नेपाली टिमका मुख्य प्रशिक्षक तामाङले त्यागे पद
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेको घोषणा गरेका छन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।
'यो मेरो अन्तिम हो । अब अगाडि जाँदिन । यो लास्ट हो । अब काम गर्दिनँ', मुख्य प्रशिक्षक तामाङले भने, 'म अब क्लबतिर जान्छु होला, राष्ट्रिय टिममा जाँदिन । अब यसलाई राजीनामा भन्ने कि के भन्ने अब तर म काम चाहिँ गर्दिनँ ।'
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।