साफमा उपविजेता बनेलगतै काठमाडौँ महानगरले खेलाडीलाई दियो २५ लाख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
महानगरले बुधवार बेलुकी साफ च्याम्पियनसिपको फाइनल खेल सकिए लगत्तै उक्त रकमद्वारा सम्मान गरेको हो । जसमा प्रतिखेलाडी एक लाख रुपैयाँ, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको छ ।
उनीहरूलाई काठमाडौँका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरूपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।