प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख अवस्थामा छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले दिए ।
प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मंगलबार नियमित भेटघाट कार्यक्रम स्थगित गरेका थिए । उनी अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् ।