पुथा-उत्तरगंगा-२ को वडाध्यक्षमा घर्तीमगर निर्विरोध
रुकुम पूर्व । रुकुम पूर्वको पुथा-उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जगत घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेवार जीवन रोका मगरले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जगत घर्ती मगर निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुकुमपूर्वका संघीय सांसद पूर्णबहादुर घर्ती मगरले जानकारी दिए । 'एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि हाम्रो वडाध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित हुनु भएको छ', उनले भने ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । यद्यपि, घर्ती मगर निर्विरोध निर्वाचित भएको आयोगले घोषणा गर्न भने बाँकी छ ।