पूर्वमन्त्री तथा सांसद भगबती चौधरीलाई 'वर्ल्ड बुक अफ रेकर्ड'द्वारा लन्डनमा सम्मान

काठमाडौँ । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य भगबती चौधरीलाई 'वर्ल्ड बुक अफ रेकर्ड'द्वारा सम्मानित गरिएको छ । 
समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद चौधरीलाई बेलायतको 'वर्ल्ड बुक अफ रेकर्ड'ले बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

'समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि' सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ । सांसद चौधरीलाई गत मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।