मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभासँग राष्ट्रिय सभा पराजित

काठमाडौँ । संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । 

भृकुटी मण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टिमको नेतृत्व गरेका थिए । 

खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्‍यो । संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।