६९ वर्षको इतिहासमा पत्रकार महासंघमा महिला नेतृत्व, अध्यक्ष बनिन् निर्मला शर्मा (सूचीसहित)
काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक महासंघले महिला नेतृत्व प्राप्त गरेको छ । महासंघको मंसिर २८ गते सम्पन्न भएको निर्वाचनले निर्मला शर्माको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । उनले ४२८२ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन् । त्यस्तै ४२३० मत प्राप्त गर्दै दीपक आचार्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रोशन पुरीले २८८६ मत प्राप्त गरेका छन् ।
नितू पण्डित ४७०५ मत प्राप्त गर्दै उपाध्यक्ष (महिला) पदमा निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी गंगा बराल पौडेलले २६४४ मत प्राप्त गरेकी छिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन ४२९२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी सुभाषप्रसाद साहले २०८० मत ल्याएका छन् ।
महासचिवमा ४०८४ मत प्राप्त गर्दै रामप्रसाद दाहाल निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लेखनाथ न्यौपानेले १९२९ मत ल्याएका छन् ।
खुला सचिवमा रमेश खतिवडाले ३४०० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उत्तरसिंह विष्टले २०६७ मत ल्याएका छन् ।
४३४७ मत ल्याएर महिला सचिवमा सोनी शर्मा निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी सरिता बराइलीले २८२३ मत ल्याएकी छिन् ।
आदिवासी जनजाति सचिवमा ३५३५ मत ल्याएर सविन प्रियासन निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भीषण राईले २४५७ मत ल्याएका छन् ।
३८५८ मत ल्याएर अशोककुमार तिवारी मधेशी सचिवमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी श्रीजन झाले २२४३ मत ल्याएका छन् ।

यसैगरी ४११० मत ल्याएर प्रकाश धौलाकोटी दलित सचिवमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बसन्त बिकले १८९२ मत ल्याएका छन् ।
३६४५ मत ल्याएर वैकुण्ठराज पराजुली एशोसियट तर्फको सचिवमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी विकास कार्कीले २७३५ मत ल्याएका छन् ।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३८४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३४६४ मत ल्याएका छन् ।
निर्वाचनमा सबैभन्दा लोकप्रिय मत उपाध्यक्ष नितू पण्डितले प्राप्त गरेकी छन् ।
दोस्रो लोकप्रिय मत केन्द्रीय सदस्यतर्फ मधेशी महिलाबाट ललिता साह र तेस्रो लोकप्रिय मत अल्पसंख्यकबाट लक्ष्मण थामीले प्राप्त गरेका छन्
पदाधिकारीमा प्रेस चौतारी पक्षबाट अध्यक्ष निर्मल शर्मा,उपाध्यक्ष नितू पण्डित र आदिवासी जनजाति सचिव सविन प्रियसन चौधरी तीनजनाले जितेका छन् ।
प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, समावेशी उपाध्यक्ष उमिद बागचन्द, महासचिव राम प्रसाद दाहाल, सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, अशोक तिवारी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुलीले जितेका छन् ।
त्यस्तै कोषध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जितेका छन् भने लेखा समिति संयोजकमा प्रेस चौतारीका केसी लामिछाने निर्वाचित भएका छन् । नतिजाअनुसार हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।
हेर्नूहोस् पत्रकार महासंघको नयाँ नेतृत्वः





