नयाँ पार्टी घोषणा गर्दै भिम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले आगामी बुधबार पुस १७ गते पार्टी घोषणा गर्ने भएका छन् ।

रावललाई गत १० पुसमा नेकपा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता सँगै पहिलो प्राथमिकता दिएका थिए ।

भिम रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्ने विषयमा पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।