सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई विदाई

काठमाडौँ । मंगलबारबाट सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोहबीच विदाई गरिएको छ । 

विदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।