सरकार कुनैपनि बेला ढल्न सक्छः जगन्नाथ खतिवडा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले वर्तमान सरकार कुनै पनि बेला ढल्न सक्ने चेतावनी दिएका छन् ।
सोमबार कटारीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार अस्थिर रहेको र राजनीतिक सौदाबाजीको भरमा टिकेको दाबी गरेका हुन् ।
उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए । उनका अनुसार यो सरकार भ्रष्टाचारका काण्डमा संलग्न व्यक्तिहरूलाई जोगाउन गठन भएको हो ।