आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा मंगलबार राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ ।

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंलेसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुजकृष्ण बानियाँले जानकारी दिए । यो अवसरमा बीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ ।