एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पोख्रेलको आग्रह

बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई सबल र राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । 

नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले म‌ंगलबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए ।

महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए । मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन समेत दिए ।