जनमत पार्टीले आज धोती दिवस मनाउने

काठमाडौँ । जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ । 

पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ ।

पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ ।

मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ ।