हिजो १ हजारले घटेको सुन आज १४ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।