जनमत पार्टीले यसरी मनायो ‘धोती दिवस’

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए । उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।