भीम रावलको आरोप नेकपा कालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ : ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रष्ट भएको बताएका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।