कर्णाली प्रदेश सभा बैठक आह्वान

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक माघ ७ गते बोलाइने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक आह्वान गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।