स्वास्थ्य बिमा रकम पाँच लाख पुर्‍याउन स्रोत खोज्दै सरकार

काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बिमा रकम रु एक लाखबाट पाँच लाख पुर्याउन स्रोतको खोजी भइरहेको बताएका छन् ।

आज बनेपामा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित ३४औँ केन्द्रीय सभाको उद्घाटन गर्दै बिमा रकम पाँच लाख पुर्‍याउन विज्ञसहितको सुझाव समिति गठन गरिएको बताएका हुन् ।