साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौ,

 साझा यातायातले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 


आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा दरखास्त पेस गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ । 

प्रमुख कार्यकारी अधिकृत पदका लागि मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।