सहकारी पीडितलाई न्याय दिन लामिछानेलाई थुनामै राख्नुपर्ने ।

काठमाडौं,

 राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस जारी छ ।


स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउन सरकारी वकिलहरुले जोड दिएका छन् ।


काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले कास्की अदालतले गरेको आदेशलाई मौन राखेर लामिछानेलाई थुनामै पठाउन माग गरेका हुन् ।


लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्दैछन्, जसमा अहिले ५ जना सरकारी वकिलहरूले बहस सकेका छन् ।