अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैनः माधव नेपाल
काठमाडौँ,
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन्।
शुक्रबार (आज) काठमाडौंमा विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको तर्क गरे।