जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश

काठमाडौं,

कास्की जिल्ला अदालतले तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो ।


राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

राईलाई पक्राउ गर्न एसपीको नेतृत्वमा मलेसिया गएको प्रहरी टोलीले पक्राउ गर्न नसकेपछि प्रहरीले राहदानी विभागलाई उनको राहदानी रद्द गर्न पत्र लेखेपनि विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो । अदालतले शुक्रबार निवेदकले माग गरेअनुसार आदेश दिएको हो ।