अमेरिकी सर्वोच्च न्यायालयको आदेशले टिकटकलाई आपत,

काठमाडौं ,

अमेरिकी सर्वोच्च न्यायालय अर्थात् सुप्रिम कोर्टले टिकटकमाथि प्रतिबन्धको कानूनलाई यथावत राख्ने आदेश दिएसँगै टिकटक मालिकलाई आपत परेको छ ।


आइतबारसम्म टिकटकको मूल चिनिया कम्पनी बाइटडान्सले प्लेटफर्म नबेचे अमेरिकामा प्रतिबन्धको सामना गर्नु पर्ने भएको हो । टिकटकले कानूनलाई चुनौति दिई गरेको अपिललाई सुप्रिम कोर्टले खारेज गरेर प्रतिबन्धको कानूनलाई यथावत राखेको छ ।

अमेरिकामा टिकटकका १७० मिलियन भन्दा बढी उपयोगकर्ता रहेका बताइन्छ । टिकटकको तर्क सर्वोच्च न्यायालयले सर्वसम्मतिले खारेज गरिदिएपछि वेब होस्टिङ्गबाटै प्लेटमर्फ हटाउनु पर्ने फसाद परेको हो । नभए टिकटकले तत्काल अमेरिकी संस्करणको लागि खरिदकर्ता खोज्नु पर्नेछ ।


ह्वाइटहाउसले आउने सोमबार कार्यभार सम्हाल्ने ट्रम्प प्रशासनले थप डण्डा लगाउने प्रतिक्रिया दिएको छ । ट्रम्पले डिजिटल प्लेटफर्मका सन्दर्भमा दीर्घकालिन निर्णय लिने कसम खाइसकेका छन् ।


टिकटकका सीईओ शो जी च्यूले ट्रम्पको शपथ समारोहमा विशिष्ट पाहुनाको रुपमा सहभागी हुने र ट्रम्प प्रशासनलाई टिकटक प्लेटफर्मलाई उपलब्ध राखिरहने प्रतिवद्धताका लागि गुहार माग्ने तयारी गरेका छन् ।