यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य

काठमाडौँ ,

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।