गायिका एलिना चौहानले दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा
काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले बिहे गरेको १ वर्ष नपुग्दै श्रीमानसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।
उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी चौहानले सम्बन्ध विच्छेदको मुद्दामा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् ।
मानाचामल नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन् ।
सापकोटा र चौहानबीच लामो प्रेम सम्बन्धपछि बिहे भएको थियो ।
