सिजन मिडियाद्वारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान
काठमाडौँ । सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औँ संस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उनीहरूलाई सोमवार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सम्मान प्रदान गरिन् ।
राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर समाजसेवी तथा लेखक, हरिराज शर्मा अर्याल (हराश) कपिलवस्तु , हिमालय वृद्धाश्रम केन्द्र गंगवुकी सरला पन्थी समाजसेवी इसा गुरुङ लन्डन , गाउँले पर्यटनका पथप्रदर्शक तथा घुमन्तेका संस्थापक कञ्चन राई समाजसेवी फुपुल्हामो लामा नयाँ परिवर्तन नेपाल महिला पुनर्स्थापना केन्द्र धरानकी संस्थापक प्रतिभा थापा रहेका छन् ।
त्यसैगरी मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन , कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली संस्थापक राइना व्यन्जनकार,अटिजम ‘विशेष स्कुल तथा पुनर्स्थापन केन्द्र’की संस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी संस्थापक सावित्रीकुमारी अधिकारी, नेपाल युथ काउन्सिलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका संस्थापक सुनिल यादव , वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रवर्द्धक तथा उपमहासचिव एनआरएनए आइसिसी सोम नाथ सापकोटा र जय नेपाल एनजिओका संस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौँका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भूमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पब्लिक रिलेसन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक सुशील अर्याल, साउथवेस्टन स्टेट कलेज, बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के.सी वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहेका थिए ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए ।