यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्याग प्याक उपहारमा पाइने

काठमाडौँ । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्याग प्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् ।

यती एअरलाइन्सबाट सन् २०२५ को कुनैपनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउट लेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ ।

अनलाइनबाटै लगेज तथा ब्याग प्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारिक फेसबुक पेज वा इन्स्टाग्राम पेज मार्फत खरिद गरि प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् । 

क्रोकोडाइल लगेजका आधिकारिक विक्रेता देशैभरि रहेका छन् भने ब्रान्डको फ्ल्यागसिप स्टोर भने काठमाडौँको कान्तिपथ र

ललितपुरको कुपण्डोलमा रहेको छ । १९४७ मा स्थापना भएको क्रोकोडाइल लगेज तथा ब्याक प्याकको ग्लोबल ब्रान्ड हो । सन्

१९९८ देखि नेपाली बजारमा निरन्तर विक्री वितरण भइरहेको क्रोकोडाइल प्रिमियम उत्पादन र एफोर्डेबल प्राईसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाइल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्रान्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, 'हामीले दोस्रो पुस्ताको रूपमा लगेजको व्यापार गरिरहेका छौँ । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मेहेनतको प्रतिफल स्वरूप आज हामीले बलियो ब्रान्ड इमेज बनाउन सफल भएका हौँ । उपभोक्तालाई अझ एफोर्डेबल प्राइस उपलब्ध गराउन सकियोस् भनेर ब्रान्ड सँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरूलाई हामीले यो छुट प्रदान गर्न सफल भएका हौँ ।'

यती एअरलाइन्स र क्रोकोडाइल लगेज बीचको यो सहकार्यले यती एअरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्याग प्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याबिन लगेज उपहार स्वरूप जित्न सक्नेछन् । यती एअरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्र मार्फत विजेता घोषणा गरि उपहारहरू प्रदान गरिनेछ ।