एमालेमा ७० वर्षे उमेरहद लागू हुन्न : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा ७० वर्षको उमेर हद कायम नहुने बताएका छन् । विधान महाधिवेशनले ७० वर्षको हद राखेतापनि व्यवहारमा त्यो लागू नहुने बताए ।
'उहाँलाई व्यवस्थापन गर्नेमा कुनै दुई मत रहेन । जबकि उहाँ ७४ वर्ष पुगिसक्नु भएको थियो । त्यो निर्णयमा विधानले बाधा पुर्‍याउने भएकोले स्थगन गर्ने निर्णय गयौँ', ७४ वर्ष पुगेका मुकुन्द न्यौपानेलाई एमालेमा ल्याउँदा कुनै प्रश्न नआएको भन्दै पोखरेलले भने ।
पोखरेलले एमाले भित्रका अरू ‘मुकुन्दहरू’को लागि उमेर हद नहुने बताएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उमेर हदको विरोध गरेको सवालमा पनि संकेत गर्दै भने, 'उमेर ख्याल-ख्याल गरेर होइन सोच विचार गरेर ल्याएको हो भने मुकुन्द न्यौपानेको लागि किन परिवर्तन गरिएन त ? त्यही होइन त ?'