विपद्का कारण तीन महिनामा ९३ जनाले गुमाए ज्यान

काठमाडौँ । विपद्जन्य घटनाका कारण २०८२ को पहिलो तीन महिनामा ९३ जनाले ज्यान गुमाएका छन् भने चार सय ४५ जना घाइते भएका छन् । 

यो तीन महिनामा दुई हजार एक सय ७७ विपद् जन्य घटना हुँदा २२ जना बेपत्ता भएको तथा चार हजार एक सय ३४ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार वैशाख १ देखी असार ३२ गते सम्ममा सबैभन्दा धेरै चट्याङ लागेर २६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आगलागीमा परि १४, बाढीबाट १३, जनावर आक्रमणबाट १२ लेक लागेर ११ पहिरोमा परी ६ सर्पदँशका कारण दुई जना तथा वर्षाका कारण एक जनाको ज्यान गएको छ ।