प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन (तस्बिरसहित)

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खा ग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।
नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । 
वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।
थप तस्बिरहरूः