नाट्टा निर्वाचन: जिस्वाँ तुलाधर श्रेष्ठ समूहको १२ बुँदे प्रतिबद्धता सार्वजनिक, निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
तस्बिरहरूः शब्दन्युज डटकम
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाडौँ । पर्यटन व्यवसायीहरूको संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी नेतृत्वका लागि व्यवसायीहरू निर्वाचनमा होमिएका छन्। आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार जिस्वाँ तुलाधर श्रेष्ठ नेतृत्वको समूहले पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।
उक्त समूहले शनिबार (आज) काठमाडौँमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेको हो। 'सबल नेतृत्व, सुरक्षित व्यवसाय–समृद्ध पर्यटनका लागि NATTA' भन्ने अवधारणासहित सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, हवाई टिकट तथा VAT सुधार, नयाँ तथा साना व्यवसायीको संरक्षण, पर्यटन यातायात, डिजिटल प्रविधि, संस्थागत सुधार र आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।
त्यस अवसरमा प्रतिबद्धता व्यक्त गर्दै अध्यक्षका उम्मेदवार जिस्वाँ तुलाधर श्रेष्ठले समग्र पर्यटन क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताइन्। आगामी युवा पुस्ताको प्रतिनिधित्व र आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाई थियो।
त्यस अवसरमा श्रेष्ठ समूहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी मृत्युवरण गरेका कीर्तिमानी आरोही निर्मल पुर्जा 'निम्स दाइ'लाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग समेत गरेको छ।
यस्तो छ १२ बुँदे प्रतिबद्धता:
.png)